पशुपति माविमा रातामाटामा गणित प्रयोगशाला

पशुपति माविमा रातामाटामा गणित प्रयोगशाला

मुसिकोट । विद्यार्थीको नतिजा गणित विषयमा कमजोर हुने गरेका कारण गणितलाई अभ्यासका माध्यमबाट सहज बनाउनका लागि रुकुम पश्चिमको पशुपति माध्यमिक विद्यालय रातामाटामा गणित प्रयोगशाला सञ्चालनमा ल्याईएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ मा रहेको पशुपति माविमा गणित प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

प्रविधियुक्त समयको आवश्यकतालाई मध्यनजर गर्दै विद्यार्थीहरुको पठनपाठन सहजताका लागि प्रगोगशाला सञ्चालनमा ल्याईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले आफनै लगानीमा उक्त प्रयोगशाला सञ्चालनमा ल्याएको हो । प्रयोगशाला सञ्चालनका लागि आवश्यक पर्ने सबै सामग्री ल्याइएको अध्यक्ष खडकाले जानकारी दिनुभयो ।

गणित प्रयोगशाला स्थापना भएपछि बिद्यार्थीहरु खुशी भएका छन् । २०२२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १ देखि १० सम्म १९१ जना विद्यार्थीहरु अध्ययनरत छन ।

विद्यालयमा यस अघि विज्ञान र कम्प्युटर प्रयोगशाला सञ्चालनमा ल्याइसकेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार