पेशागत महासंघद्धारा बिरामीलाई फलफूल वितरण

२९ औं स्थापना दिवस

पेशागत महासंघद्धारा बिरामीलाई फलफूल वितरण

२९ औं स्थापना दिवस

मुसिकोट । पेशागत महासंघ नेपालको स्थापना दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

आईतबार महासंघको २९ औँ स्थापना दिवस अवसरमा जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा उपचारका क्रममा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

आज बिहान जिल्ला अस्पताल सल्ले पुगेर भर्ना भएका २८ बिरामी र बिरामीका आफन्तहरुलाई फलफूल वितरण गरिएको पेशागत महासंघका जिल्ला अध्यक्ष लोकबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, कर्णाली प्रदेश कमिटी सदस्य अधिवक्ता रचना मल्ल, पार्टिका भात्री संगठनका प्रमुुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार