तल्नुबगर बेलिब्रिज पुल सञ्चालनमा

तल्नुबगर बेलिब्रिज पुल सञ्चालनमा

त्रिदेशीय ब्यापारिक सडक भेरी करिडोरको प्रमुख पुर्बाधारको रुपमा रहेको तल्नुबगर बेलिब्रिज पुल सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह बीचको भेरी नदीमा बनेको उक्त पुल सञ्चालनमा आएको हो ।

भारत, नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरको अन्तर्गतको तल्नु बगर बेलिब्रिजको निर्माणकार्य सम्पन्न भएसँगै पुल सञ्चालमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो ।

तीन बर्षअघि निर्माण सुरु भएको उक्त पुल विविध कारणले ढिलासुस्ती भएपनि आफु डोल्पा आएदेखि जिल्लास्थित राजनितिक दल, प्रशासन, सुरक्षा निकाय र सञ्चारकर्मीहरुको निरन्तर खबरदारीका कारण पुल सञ्चालनमा ल्याउन सफल भएको उहाँले बताउनुभयो ।

करिडोर अन्तर्गतनै पर्ने तल्नुबगर, छलगार्ड र खदागंमा पक्की पुल निर्माणका लागि काम समेत सुरु हुन थालिसकेको उहाँले बताउनु भयो ।

भेरी करिडोर कार्यालय जाजरकोटका नायव सुब्बा दत्त लामाले कार्यालयका प्राविधिक टोलीले शुक्रबारनै भारवाहन क्षमता परिक्षण गर्दा सफल भएको बताउनुभयो । पुलले २५ टनसम्म भार थेग्न सक्ने पाइएको समेत उहाँले बताउनुभयो ।

तीन बर्ष अघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज पुल निर्माणकालागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन बर्ष पछि पुल सञ्चालनमा आएको हो । २०७८ साल पुषमा हिम सगरमाथा खड्का कृष्ण जेभीले ३ करोड ८१ लाखमा पुल निर्माणको जिम्मा पाएको एक बर्षपछिमात्र काम सुरु गरेको थियो ।

भेरी करिडोर कार्यालयका अनुसार ११८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडक खण्ड भित्रको ५६ किलोमिटर सडक खण्डमा अहिले काम भइरहेको छ । ६२ किलोमिटरमा कार्यालयले फराकिलो बनाउने काम सुरु गर्न थालेको बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार