बिगबिगी

बिगबिगी

जिन्दगीका घुम्तीहरुमा
नैतिकवान भन्दा
शैक्षिक दरिद्रहरुको बिगबिगी छ ।
कर्म गर्नेहरू भन्दा
गफ गर्नेहरूको बिगबिगी छ ।
पारदर्शी कर्म गर्ने भन्दा
दुरुपयोग गर्नेहरुको बिगबिगी छ ।
सज्जनहरु भन्दा
कलिका दुर्जनहरुको बिगबिगी छ ।
अपूर्व संस्कृति निर्माण गर्नेहरू भन्दा
कू संस्कृतिमा भद्दा मजाक गर्नेहरुको बिगबिगी छ ।
मानवताको सक्कली अनुहार भन्दा
अराजक भीड खडा गर्नेहरूको बिगबिगी छ ।
केही गरौं भन्ने हुटहुटी भन्दा
प्रगतिमा खुट्टा तान्नेहरुको बिगबिगी छ ।
सकारात्मक सोंच भन्दा
नकारात्मक अफवाह फैलाउनेहरुको बिगबिगी छ ।
शैक्षिक, सामाजिक रुपान्तरण भन्दा
रुपान्तरण नै भत्काउनेहरुको बिगबिगी छ ।
– मुकुन्दप्रसाद शर्मा रुकुम (पश्चिम्)
(२०८१/०२/०८)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार