काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ।
शुक्रबार सूचना प्रकाशित गरी विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो।
विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो।
दरखास्त दिनका लागि एक महिनाको समय तोकिएको छ। सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने र सुरक्षागार्ड र परिचरका लागि तोकिएको स्थानहरुमा उपस्थित भई आवेदन दिनुपर्नेछ।
सहायक सूचक र सुरक्षागार्डका लागि लागि तीन सय रूपैयाँ र परिचर पदका लागि २ सय रूपैयाँ दरखास्त शुल्क बुझाउनुपर्नेछ।
सूचनाः