स्वास्थ्यमा ११ औं तहका ६ जनाको पदस्थापन

स्वास्थ्यमा ११ औं तहका ६ जनाको पदस्थापन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यको ११ औं तहका ६ जना कर्मचारीको पदस्थापन गरेको छ।

मन्त्रालयले ११ औं तहका ६ जना प्रमुख कन्सल्टेन्ट तथा मेडिकल सुपरिटेन्डेन्टहरुलाई मन्त्रालय अन्तर्गतका विभिन्न अस्पताल तथा विभागमा पदस्थापन गरेको हो।

जसमा प्रमुख कन्सल्टेन्स नेफ्रोलोष्टि डा विकास खत्रीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्ट डा रामेश्वर देवकोटालाई कोशी अस्पताल, प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा पुष्पराज पौडेललाई कान्ति बाल अस्पताल, प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डा एन्जिला घिमिरेलाई गजेन्द्र नारायण सिंह अस्पताल पदस्थापन गर्ने निर्णय गरिएको छ।

यस्तै, प्रमुख जनस्वास्थ्य प्रशासक भीम प्रसाद सापकोटालाई स्वास्थ्य सेवा विभागमा पदस्थापन गरी ख टिएकै निकायबाट तलबभत्ता भुक्तानी हुने गरी स्वास्थ्य मन्त्रालयमा कामकाजमा खटाउने निर्णय गरेको छ।

यस्तै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजीव रिजाललाई स्वास्थ्य सेवा विभागमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार