रुकुम पश्चिममा ‘सिसमहल’ मन्दिर निर्माण

रुकुम पश्चिममा ‘सिसमहल’ मन्दिर निर्माण

मुसिकोट । रुकुम पश्चिममा सिसमहल मन्दिर निर्माण निर्माण गरिएको छ ।

मुसिकोट नगरपालिका –४ सोलाबाङमा सिसमहल मन्दिर निर्माण गरिएको हो । शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिले सिसैसिसाका कलात्मक आकृतिहरु सहितको मन्दिर निर्माण गरेको हो ।

मन्दिरको भित्र सिसाका टुक्राहरु चप्काएर बुट्टा भरिएको छ भने सिसाका कलात्मक फूलहरु बनाईएको छ । मन्दिरको भित्रिभागमा चार फिट माथि ऐनाहरु राखिएको छ भने सिलिङगमा समेत सिसाका बुट्टाहरु राखिएको छ । शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिका सचिव बिमल शर्माका अनुसार स्थानीय मिस्त्रीहरुले मन्दिर भवन निर्माण गरेका हुन् भने बुट्टा र सिसाका कलात्मक आकृति निर्माणका लागि नेपालगञ्ज र भारतको दिल्लीबाट मिस्त्रीहरु आएर काम गरेका हुन् ।

मन्दिर निर्माणका लागि हालसम्म एक करोड पाँच लाख ४९ हजार रुपियाँ खर्च भएको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय मार्फत डिभिजन वन कार्यालयको ७५ लाख, मुसीकोट नगरपालिकाको २८ लाख, बैदेशिक रोजगारीमा रहेका स्थानीयको एक लाख सात हजार र स्थानीयले देउसीभैलो खेलेर संकलन गरेको एक लाख ४२ हजार रुपियाँ लगानी भएको छ ।

तीन वर्ष पहिला निर्माण सुरु गरिएको यो मन्दिरमा शिवको मूर्ति प्रतिस्थापना गर्न भने बाँकि रहेको छ । मूर्ति आईसकेको र शुभसाईत पारेर साउनमा स्थापना गरिने तयारी रहेको सचिव शर्माले जनाउनुभयो ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार उक्त मन्दिर कर्णाली प्रदेशको पहिलो र नेपालकै तेस्रो सिसमहल मन्दिरको रुपमा लिईन्छ । उहाँका अनुसार यस अघि नवलपरासीको सुस्तामा गजेन्द्र मोक्षधाम र सिन्धुलीको काभ्रेस्थलीमा सिसाको मन्दिर निर्माण गरिएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार