कर्णाली सरकारविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

कर्णाली सरकारविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले  बताए ।

प्रमुख सचेतक जिसीका अनुसार नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै ३२ असारमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय भएको हो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपाका १४, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)  र  एक स्वतन्त्र सांसद छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार