स्यालाखदीमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

स्यालाखदीमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

मुसिकोट । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको आयोजनामा जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर २ स्यालाखदीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

यही असार ४ र ५ गतेका दिन आठबिसकोट नगर अस्पतालको सहकार्यमा स्यालाखदीमा नि:शुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएको हो । उक्त शिविरमा बिरामीलाई आवश्यकताको आधारमा निःशुल्क औषधीसमेत वितरण गरिने भएको छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा शुसिल पोखरेलका अनुसार शिविरमा जनरल मेडिसिन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति, नाक,कान, घाँटी, आँखा तथा दन्त रोग, मुटु रोग र बालरोग विशेषज्ञ सेवा निशुल्क रुपमा प्रदान गरिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार