क्षयरोग संक्रमितलाई पोषणका लागि खाद्यान्न वितरण

क्षयरोग संक्रमितलाई पोषणका लागि खाद्यान्न वितरण

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ ।

पालिकाले सोमबार नगरपालिकामा ८ जना क्षयरोग सङ्क्रमितलाई नगर प्रमुुख रवि केसीले खाद्यान्न सामाग्री वितरण गर्नुुभएको हो । खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो ।

पालिकाले यस वर्ष २० जना क्षयरोग सङ्क्रमितलाई वितरण गर्ने आठविसकोट नगरपालिका नगर स्वास्थ्य शाखा प्रमुुख प्रेम प्रकाश रोकायले जानकारी दिनुभयो । उहाँका अनुसार अब १२ जना क्षयरोग सङ्क्रमितलाई खाद्यान्न वितरण गरिने छ ।

पालिकाले क्षयरोग मुक्त पालिका बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार