अवैध काठ बेचेको आरोपमा काष्ठ उद्योगका सञ्चालक पक्राउ

अवैध काठ बेचेको आरोपमा काष्ठ उद्योगका सञ्चालक पक्राउ

मुसिकाेट । रुकुम पश्चिममा अवैध काठ बिक्रि वितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

आठविसकाेट नगरपालिका वडा नम्बर ३ स्यालाखदीका डम्बर काष्ठ उद्योग सञ्चालक ४६ वर्षिय डन्डे बहादुर बोहरालाई डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो ।

असार ४ गते डिभिजन वन कार्यालयबाट खटिएको टोलीले बोहरालाई स्यालखदीबाटै पक्राउ गरेको डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो । उद्योगबाट श्रोत नखुलेको काठ विक्रि वितरण गरेको आरोपमा पक्राउ परेका बोहरालाई रुकुम जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान कार्य अगाडि बढाईएको छ ।

बोहरा विरुद्ध अनुसन्धान पुरा गरेर वन ऐन, २०७६ बमोजिम मुद्धा चलाईने बताईएको छ ।

पक्राउ परेका बाेहरालाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार