शनिबार १८९ कोरोना संक्रमित थपिए, संख्या १४०१ पुग्यो : स्वास्थ्य मन्त्रालय

शनिबार १८९ कोरोना संक्रमित थपिए, संख्या १४०१ पुग्यो : स्वास्थ्य मन्त्रालय

जेठ १७ काठमाडौ

नेपालमा थप १८९  जनालाई कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिनुभयो । यो संगै नेपालमा संक्रमितको संख्या १४०१ पुगेको छ ।

संक्रमित मध्ये १ हजार २८८ पुरुष र ११३ महिला हुनुन्छ ।

आइसोलेसनमा उपचाररत संक्रमितहरु
प्रदेश नम्वर १ मा १३०, प्रदेश नम्वर २ मा ४४२, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा १७, प्रदेश नम्वर ५ मा ४९६ र कर्णाली प्रदेशमा ६१ र सुदुरपश्चिममा १५ जना  गरि १ हजार १७६ जना आइसोलेसनमा उपचाररत छन् ।

संक्रमितको प्रादेशिक विवरण
संखुवासभामा पनि संक्रमण देखिएसंगै ५३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कोरोनाबाट प्रदेश नम्वर २ अति प्रभावित भएको छ  त्यहाँका सबै आठ जिल्लामा गरि ५४७ जनालाई कोरोना पुष्टि भएको छ । प्रदेश नम्वर १ को ९ जिल्लामा १६०, बागमती प्रदेशका १२ जिल्लामा ४५, गण्डकी प्रदेशको ५ जिल्लामा २०, प्रदेश नम्वर ५ को ९ जिल्लामा ५४७,कर्णाली प्रदेशको ३ जिल्लामा ६१ र सुदुरपश्चिमका ५ जिल्लामा २१ जनालाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ५७५ पीसीआर परीक्षण
प्रवक्ता देवकोटाका अनुसार, पछिल्लो २४ घण्टामा २ हजार ५७५ जनाको पीसीआर र आरडीटिबाट १ हजार ५७७ जनाको परीक्षण भएको छ । हालसम्म पीसीआरबाट ६६ हजार ७२९ जना र १ लाख ७ हजार ५५ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख १० हजार मानिस क्वारेन्टाइन्मा बसिरहेका छन् ।

२१९ जना निको भए
कोरोना संक्रमितहरु निको हुने क्रम बढ्दै गएको छ । आज टेकू अस्पतालबाट २ जना ५ औं दिनमा र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट ११ जना १० औं देखि १५ दिनमा डिस्चार्ज भएर घर जानुभएको छ । जसमा ४७ जना महिला र १७२ पुरुष रहेका छन् । जसको प्रादेशिक विवरण अनुसार प्रदेश नम्वर १ मा ३०, प्रदेश नम्वर २ मा १०४, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ३, प्रदेश नम्वर ५ मा ४८ र सुदुरपश्चिममा ७ जना गरि २१९ जना निको भएर घर गएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार