बिपीको शालिकमा माल्यार्पण

बिपीको शालिकमा माल्यार्पण

मुसिकोट । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा ४२ औँ स्मृति दिवस मनाईएको छ ।

रुकुम पश्चिममाको मुसिकोट नगरपालिका १ खलंगामा रहेको बिपीको सालिकमा माल्यार्पणसँगै बिपीको योगदानको चर्चा गरेर दिवस मनाईएको हो ।

नेपाली काँग्रेस रुकुम पश्चिमका लाल बहादुर ओलीका अनुसार अनुसार दिवसको अवसरमा आईतबार बिहान मुसिकोट नगरपालिका १ खलंगामा रहेको बिपीको सालिकमा माल्यार्पण गरिएको हाृे । उक्त अवसरमा बिपीको राजनैतिक, साहित्यीक तथा सामाजिक जीवनको बारेमा चर्चा समेत गरिएको छ ।

बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस रुकुम पश्चिमका उप सभापति हर्क सिंह खत्री, कोषाध्यक्ष मोहबिर खड्का, सह सचिव यज्ञ बिष्ट, निर्वाचन क्षेत्र नम्वर १ का सभापति एवम् मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, मुसिकोट नगर सभापति प्रेमबहादुर ओली, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको छ । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार