ट्रकको सिटमुनी लुकाई राखेको साढे पाँच किलो अफिम बरामद, एक जना पक्राउ

ट्रकको सिटमुनी लुकाई राखेको साढे पाँच किलो अफिम बरामद, एक जना पक्राउ

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ठुलो परिमाणमा लागुऔषध अफिम बरामद गरेको जनाएको छ ।

प्रहरीले शनिबार राती ९ बजे आठविसकोट नगरपालिका १४ छेपारेबाट पाँच किलो ५४५ ग्राम अफिम बरामद गर्नुका साथै एक व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलका अनुसार आठविसकोटको गोतमकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ क १७८० नम्वरको ट्रकबाट उक्त अफिम बरामद गरिएको हो ।

उहाँले अफिमसँगै ट्रक चालक सल्यानको कुमाख गाउँपालिका ५ निवासी ३२ वर्षिय मदन प्रकाश गिरीलाई पक्राउ गरिएको जानकारी दिनुभयाे । गस्तीमा रहेको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा ट्रकको सहचालक बस्ने सिटमुनी लागु औषध अफिम फेला पारेको हो ।

सिट मुनि पहेलो रंगको चामलको बोरामा तीन वटा सेतो प्लाष्टिक भित्र अर्को कालो प्लाष्टिकलाई सेतो टेपले बेरेको अवस्थामा कालो खैरो रंगको गिलो लागुऔषध अफिम प्रहरीले फेला पारेको हो । अफिमसँगै एक थाल डिजिटल तराजु, तीन हजार नगद रुपियाँ, दुई थान मोबाईल र ट्रक समेत बरामद गरिएको डिएसपी पोखरेलले जनाउनुभयो ।

प्रतिवादी गिरीलाई रुकुम जिल्ला अदालतबाट १० दिनको मयाद थप गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यस कार्यलाई प्रहरीले महत्वपूर्ण सफलताको रुपमा लिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार