आठबिसकोट नगर अस्पताललाई नेकपाद्वारा औषधि सहयोग

आठबिसकोट नगर अस्पताललाई नेकपाद्वारा औषधि सहयोग

मुसिकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमले जिल्लाको आठबिसकोट नगर अस्पताललाई विभिन्न प्रकारका औषधि सहयोग गरेको छ ।

नेकपाले मंगलबार विभिन्न २० प्रकारका औषधि नगर अस्पताललाई हस्तान्तरण गरेको हो ।

मौसम परिर्वतनको कारण बिरामीहरुको संख्या बढीरहेको र आपतकालिन अवस्थामा औषधिको अभाव हुन नदिन नगर अस्पताललाई औषधि हस्तान्तरण गरिएको नेकपा निकट युवा संगठनका केन्द्रिय सदस्य महेश सीले जानकारी दिनुभयो ।

मनसुनजन्य विपदका घटनाहरु दिनहुँ भईरहेको र यस्तो बेलामा अस्पतालमा औषधि अभाव नहोस् भनेर मानविय हिसाबले पार्टीले उक्त औषधिहरु व्यवस्थापन गरेको उहाँको भनाई छ ।

पार्टीका केन्द्रिय कमिटी सदस्य छलाङग सी र युवा संठगनका केन्द्रिय सदस्य महेश सीले आठबिसकोट नगर अस्पताललका निमित्त प्रमुख धनञ्जय रिजाललाई अस्पतालमै पुगेर औषधि उपलब्ध गराउनु भएको हो ।

ज्वरो, झाडापखाला, ग्याष्ट्रिक, रुघाखोकी लगायतका औषधिहरु, माक्स, ईन्जेक्सन लगायतका सामाग्रीहरु प्राप्त भएका हुन् ।

निमित्त प्रमुख रिजालले विभिन्न २० थरिका औषधि अस्पताललाई प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताललाई नियमित चाहिने औषधिहरु प्राप्त भएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार