एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन

एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरि करिब एक करोड वृक्षरोपण गर्न निर्देशन दिएका छन् ।

मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षरोपण अभियान सञ्चालन गर्न  प्रदेशस्तरमा रहेका सबै वन कार्यालय भू तथा जलाधार संरक्षण कार्यालय, राष्ट्रिय  निकुञ्ज तथा आरक्ष कार्यालय र देशभरका सात सय ५३ स्थानीय तहमा करिब एक करोड वृक्षरोपण सञ्चालन गर्न निर्देशन जारी गरिएको मन्त्री शाहीले बताए।

वृक्षरोपण कार्यलाई प्रभावकारी बनाउन सबै निकायलाई आआफ्नो क्षेत्रबाट भूमिका  निर्वाह गर्न मन्त्रालय मातहतका निकायलाई अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए। 

मन्त्री शाहीले पछिल्लो दुई सय वर्षमा मिथेन, नाइट्रोअक्साइड, कार्बन डाईअक्साइड जस्ता हरितगृह ग्यास उत्सर्जनका कारण वायुमण्डलमा परेका नकारात्मक प्रभाव न्यूनीकरणका लागि सबैले भूमिका खेल्न जरूरी रहेको बताए । 

जलवायु परिवर्तनको सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्र्सजन हुने ६० प्रतिशत कार्बन डाईअक्साइड वन जंगलले सोक्ने गरेकाले सबैले यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकतासमेत औँल्याइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार