मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ भेरी दोभानस्थित सानीभेरी नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । शनिबार दिउँसो फेला परेको उक्त शवको पहिचान हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार नदिको किनारमा नाम, थर र ठेगाना नखुलेको अन्दाजी ३० वर्षको पुरुषको शव फेला परेको हो ।
स्थानीयले शव भेटिएको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले शवको सनाखतको लागि आफन्तहरुको खोजी गर्दा तत्काल सनाखत हुन नसकेको जनाएको छ ।

