चौरजहारी नगरपालिमा कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता

चौरजहारी नगरपालिमा कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता

मुसिकोट । प्रभावकारी कार्यसम्पादनका लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कर्मचारीहरुसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ को प्रभावकारी कार्यसम्पादनको लागि करार सम्झौता गरेको हो ।

नगर प्रमुख पुष्प बादी र निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकाल बिचमा कार्यसम्पादन करार सम्झौता भएको छ । यसैगरी प्रमुख प्रशासकीय अधिकृत र शाखा-उपशाखा प्रमुख र वडा सचिवहरू बिच पनि कार्य सम्पादन करार सम्झौता गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सूचकमा आधारित कार्य सम्पादन करार सम्झौताले नतिजामूलक कार्यसम्पादनका लागी थप जिम्मेवार बनाउने बताउनुभयो । नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी कसरी बनाउने बिषयमा केन्द्रित रहेर सम्झौता गरिएको ढकालले जनाउनुभयो ।

नगरपालिकाले अहिले शून्य बेरुजु पालिका बनाउनको लागि अभियान समेत सुरु गरेको छ । नगरपालिकाले सेवाग्राही तथा नागरिक सन्तुष्टि मापनको कार्यलाई समेत नियमित गरिरहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार