नेविसंघ रुकुम पश्चिमको अध्यक्षमा हेमराज केसी नियुक्त

नेविसंघ रुकुम पश्चिमको अध्यक्षमा हेमराज केसी नियुक्त

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) रुकुम पश्चिमको जिल्ला अध्यक्षमा हेमराज केसी नियुक्त हुनुभएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्ली निवासी विद्यार्थी नेता केसीलाई आज मंगलबार नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जिल्ला अध्यक्षमा नियुक्त गर्नुभएको हो ।

अध्यक्ष शेर्पाले नेविसंघ रुकुम पश्चिमको लामो समयदेखि रिक्त अध्यक्ष पदमा संघको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी केसीलाई अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।

नेविसंघ रुकुम पश्चिमका पूर्व सह-सचिव एव सानीभेरी गाउँपालिका संयोजक समेत रहनुभएका केसी २०७३ मा त्रिचन्द्र क्याम्पस नेविसंघको इकाई सदस्य भएर काम गर्नुभएको थियो । कोभिडको समयमा २०७६ देखि २०७८ सम्म बिपि स्टडि युथ सर्कल रुकुम पश्चिमको अध्यक्ष समेत हुनुभएको थियो ।

पत्र बुझे लगतै उजेली न्यूजसँग कुरा गर्दै  अध्यक्ष केसीले नेविसंघ केन्द्रले आफुलाई दिएको जिम्मेवारी पुरा गर्ने बताउनु भएको छ । उहाँले तत्कालै जिल्लामा गएर पार्टिका नेताहरु सँग छलफल गरेर सबै पालिका, वडा,  क्याम्पस तथा विद्यालयहरुमा नेविसंघको संगठन विस्तार तथा विद्यार्थीहरुलाई प्रशिक्षण दिईने जानकारी दिनुभयो ।

नेविसंघ रुकुम पश्चिमको अध्यक्ष यसअघि लाल बहादुर ओली हुनुहुन्थ्यो । उहाँ अहिले नेपाली काँग्रेस रुकुम पश्चिमको प्रवक्ता हुनुहुन्छ ।

यस्तै अध्यक्ष जिम्मेवारी प्राप्त गर्नुभएका केसीलाई नेबिसंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा काँग्रेसका युवा नेता खड्क बहादुर डाँगीले बधाई सहित तोकिएको जिम्मेवारी पुरा गर्नको लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले केसीले नेबिसंघ को गतिशिलता र सक्रियताका लागि महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार