काठमाडौं । नेपाली कांग्रेसका नेता मानबहादुर नेपालीले पार्टीको १५औँ महाधिवेशनमा सह-महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेपालीले यसपटक समावेशी दलित क्लस्टरतर्फ सह-महामन्त्री पदमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ ।
संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २४० सदस्यीय रहने व्यवस्था गरिएको छ । सह-महामन्त्रीका ११ पदमध्ये आठ जना विभिन्न समावेशी क्लस्टरबाट निर्वाचित हुने र तीन जना सभापतिबाट मनोनीत हुने व्यवस्था रहेको छ ।
नेपाली कांग्रेसकाे पाटि सभापति एवम् राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्षसमेत रहनुभएका मानबहादुर नेपालीले रुकुम पश्चिमलाई आफ्नो राजनीतिक कर्मथलो बनाएर लामो समयदेखि सक्रिय राजनीति गर्दै आउनुभएको छ ।
दलित समुदायको राजनीतिक प्रतिनिधित्व, पार्टी संगठन निर्माण तथा सामाजिक न्यायका सवालमा सक्रिय रहँदै आउनुभएका नेपालीले १५औँ महाधिवेशनमार्फत पार्टीको नेतृत्व तहमा थप जिम्मेवारीका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।
सह-महामन्त्रीमा उम्मेदवारी दिने मानबहादुर नेपालीको घोषणा

