कर्णालीका मुख्यमन्त्री कँडेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण

कर्णालीका मुख्यमन्त्री कँडेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर रुकुम पश्चिमको आठबिसकोटमा आकस्मिक अवतरण गरिएको छ ।

आज (आईतबार) दिउँसो ३ः२५ बजे जिल्लाकाे आठबिसको नगरपालिका वडा नम्बर ९ स्थित रंगशालामा हेलिकोप्टर अवतरण गरिएको हाे ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलका अनुसार डोल्पाबाट सुर्खेतका लागि उडेको हेलिकोप्टर खराब मौसमका कारण आकस्मिक अवतरण भएको हो । सिम्रिक एयरको (कलसाईन नाईन एन –एकेडी)  हेलिकोप्टर आकस्मिक अवतरण भएको हो ।

उक्त हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलसहित पाँच जना रहेको बताईएको छ । हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलको श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाय, सुरक्षा गार्ड र चालक रहेको बताईएको छ ।

अहिले मुख्यमन्त्री सहितको उक्त टोली आठबिसकोट नगरपालिकाको राडि बजारमा रहेको एक होटेलमा सुरक्षित रुपमा रहेको छ । मौसममा सुधार आएमा आजै उहाँहरु सुर्खेततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यस्तै आठबिसकोटमा सुत्केरी बोकेको एक हेलिकोप्टर पनि आकस्मिक रुपमा अवतरण भएको छ ।

डोल्पाबाट सुत्केरी बिरामी बोकेर उडेको नाईन ए ०६६ नम्वरको हेलिकोप्टर खराब मौसमको कारण आठबिसकोट नगरपालिका ९ राडिको रंगशालामा अवतरण भएको हो ।

त्रिपुरा सुन्दरी नगरपालिकाकी पदमी कुमारी बुढालाई हेलिकोप्टर मार्फत उद्धार गरेर सुर्खेततर्फ लिने क्रममा आठबिसकोटमा आकस्मिक अवतरण गरिएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार