पत्रकार राजु लामिछानेलाई गणेश शाह स्मृति पत्रकारिता पुरस्कार

पत्रकार राजु लामिछानेलाई गणेश शाह स्मृति पत्रकारिता पुरस्कार

मुसिकोट । रुकुम पश्चिमका क्रियाशिल पत्रकार राजु लामिछाने पुरस्कृत हुनु भएको छ ।

आज सहिद गणेश शाहको ३० औ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस चौरजहारी नगरपालिका ११ नम्बर वडाद्धारा आयोजित स्मृति सभामा उहाँलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

चौरजहारी नगरपालिका निवासी पत्रकार लामिछानेले पत्रकारिता क्षेत्रमार्फत सामाजिक न्याय, लोकतन्त्रको स्थापना तथा कार्यान्वयन, ग्रामीण बिषयवस्तुको उजागर गरेर समाज रुपान्तरणको लागि उच्च योगदान गरेको भन्दै नगद पुरस्कारसहित खादा ओढाएर सम्मान गरिएको हो ।

पत्रकार लामिछाने गोरखापत्र दैनिक, मूलपाटी डटकममा कार्यरत हुनुहुन्छ । उहाँ करिब दुई दशक यता पत्रकारीतामा संलग्न हुनुहुन्छ ।

स्मृति सभाको अवसरमा उहाँलाई सहिद गणेश शाहको श्रीमती तुला कुमारी शाह तथा उहाँका परिवारका अन्य सदस्यहरु, नेपाली काङ्ग्रेस रुकुम पश्चिमका उप सभापति हर्क सिं खत्री, जिल्ला सदस्य यदु कुमार आचार्य, चौरजहारी नगर सभापति प्रेम बहादुर ओली लगायतका नेताहरुले सम्मान तथा पुरस्कार प्रदान गर्नु भएको हो ।

तत्कालीन खोलागाउँ गाविसका अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य समेत रहनु भएका शाहको २०५१ साल भदौ १७ गते सिम्ली गाविसको सुलिहालेमा तत्कालिन विद्रोही माओवादीले हत्या गरेका थिए ।

यस्तै स्मृति दिवसको अवसरमा आजै सहिद स्मृति नगर अस्पतालमा फलफूल वितरण समेत गरिएको नेपाली काङ्ग्रेस चौरजहारी ११ का वडा सभापति खिम बहादुर ओलीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार