खाेलाले बगाउँदा रुकुममा माेटरसाईकलमा सवार दुई जनाको मृत्यु

खाेलाले बगाउँदा रुकुममा माेटरसाईकलमा सवार दुई जनाको मृत्यु

मुसिकाेट । रुकुम पश्चिमममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको रम्माखोलाले बगाउँदा आईतबार बेलुका करिब साढे आठ मोटरसाईकलमा सवार दुई जनाकाे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार मुसिकोट नगरपालिका वडा नम्वर ४ निवासी ५० वर्षीय सर्जन पुन र वडा नम्वर ६ निवासी अन्दाजी ३२ बर्षीया निर्मला केसी थापाको मृत्यु भएको हो ।

रा ६ प २९६१ नम्वरको मोटरसाईकलमा साँखबाट कानेबाङतर्फ जाँदै गर्दा खोलाले बगाएको र सोमबार बिहान मात्र थाहा भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमै रहनुभएका प्रहरी निरक्षिक शाहीले खोलाले मोटरसाईकलसहित बगाउँदा दुवै जनाको मृत्यु भएको र पुरिएको अवस्थामा शव फेला परेको बताउनुभयो ।

खोलाभन्दा करिब तीन सय मिटर तल महिला र  करिब २० मिटर तल पुरुषको शव फेला परेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । पुरुषको शव मोटरसाईकलले च्यापिएको महिलाको शवको केहि भाग पुरिएको अवस्थामा फेला परेको थियो ।

मृतक निर्मलाकाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएकाे छ भने सर्जनकाे शव ल्याउने क्रममा रहेकाे प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार