पत्रकार विपुलकाे ‘बोल मन खोल’ सार्वजनिक

पत्रकार विपुलकाे ‘बोल मन खोल’ सार्वजनिक

काठमाडाैं । पत्रकार तथा गीतकार विपुल पोख्रेलले आफ्नै शब्द रचनामा नयाँ गीत सार्वजनिक गर्नुभएकाे छ । तीन दशकयता दाङबाट पत्रकारिता गर्दै आउनु भएका उहाँ नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ ।

उहाँको शब्द रचनामा ‘बोल मन खोल’ बोलको गीतमा सञ्चारकर्मी देवेन्द्र बस्नेतले स्वर दिनुभएकाे छ । जीवन, जगत र मानवीय दर्शन झल्किने यी गीतका शब्दहरूमा वरिष्ठ सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत भर्नुभएकाे छ ।

यसअघि पनि पोखरेलले आधा दर्जनजति गीतका शब्दहरू लेखिसकेका छन् । गीतमा भिडियो संयोजन अर्का सञ्चारकर्मी सुदन थापाले गर्नुभएकाे छ ।

Coca-Cola Dashain Dhamaka Offer – 2.25L Pack (youtube.com)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार