ढोरपाटनका मेयर देवकुमार नेपाली कारागार चलान

ढोरपाटनका मेयर देवकुमार नेपाली कारागार चलान

काठमाडौँ। जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका देवकुमारलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । सोमबार वयान भएको अदालतमा मंगलबार थुनचेक बहस भएको थियो ।

ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका देवकुमारलाई बचतकर्ताको उजुरीको आधारमा गत वर्षको जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका देवकुमारविरुद्द रेड कर्नर नोटिस पनि जारी भएको थियो ।

सोही मुद्दामा अदालतबाट गत वर्षको साउन ४ गते पक्राउ पुर्जी जारी भएका ओमप्रसाद दर्जीलाई भने अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । उनी आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाण्डौ हुँदै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो लाजिम्पाटमा उपस्थित भएका थिए ।

मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार