शोकसभा सम्पन्न

शोकसभा सम्पन्न

मुसिकोट । नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका-६ ले शोकसभा सम्पन्न गरेको छ । मगंलबार स्व रत्न बहादुर ओलीको सम्झनामा शोकसभा सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य तथा त्रिवेणाी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, कर्णाली प्रदेश कमिटी सदस्य निर्मला विष्ट खड्का र त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले खड्काको उपस्थिति रहेको कार्यक्रममा शोकाकुल परिवारजनको तर्फबाट स्व ओलीका छोरा विनोद कुमार ओलीले आफ्नो परिवारले बुवालाइ अप्रत्यासित रुपमा गुमाउनु परे पनि पार्टीले बुवाको पुण्यतिथिका दिन श्रदान्जली एवंम शोक सभाको आयोजना गरेर अभिभावकत्व ग्रहण गराएको बताउनुभयो ।

त्रिवेणी गाउँपालिका-६ झ्यामखोलामा जन्मिनु भएका ओलीको गत शनिबार उपचारको क्रममा निधन भएको थियो ।

त्रिवेणी गाउँपालिका-६ झ्यामखोलामा आयोजित शोक सभा कार्यकरमको नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र त्रिवेणी गाउँपालिका ६ नंम्बर वडा कमिटी अध्यक्ष दिपेश कुमार घर्तीको अध्यक्षता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार