कोठामा खाना पकाउने ग्यास चुहिएर भएको आगलागीमा परेका दुई जनाको मृत्यु

कोठामा खाना पकाउने ग्यास चुहिएर भएको आगलागीमा परेका दुई जनाको मृत्यु

जेठ २१ बनेपा

कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।

गत जेठ १६ गते बिहान बनेपा नगरपालिका–७ तरकारी बजारका रुकेश ठकुरीको घरमा ग्यास पाइप चुहिएर आगलागी हुँदा पाँच जना घाइते भएका थिए।

घाइते सबै जनाको काठमाडौँस्थित किर्तीपुर वर्न सेन्टरमा उपचार गराइरहेकोमा मंगलबार वर्ष २६ का रुकेश शाह ठकुरी र वर्ष १६ को आयुष ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जाकारी दिए।

घाइतेमध्ये शोफिया ठकुरी, रचना ठकुरी र मनिष शाह ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

आगलागीबाट कोठाको ढोका र झ्यालहरुमा क्षति पुगेको थियो।  रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार