साेती घटनाको सिआईवीले थाल्यो अनुसन्धान

साेती घटनाको सिआईवीले थाल्यो अनुसन्धान

जेठ २२ जाजरकोट

६ जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनाको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवी) ले अनुसन्धान थालेको छ । अन्र्तजातिय प्रेमको विषयलाई लिएर भएको घटनाको सुक्ष्म ढंगले अनुसन्धान गर्न सिआईवीको प्राविधिक टोली घटनास्थल रुकुम पुगेर अनुसन्धान थालेको हो ।

भेरी नगरपालिका ४ का नवराज विक र पश्चिम रुकुम चौरजहारी ८ सोतीकी मल्ल थरी किशोरी विच तीन बर्ष देखि प्रेम सम्बन्ध भएको र उक्त प्रेमलाई किशोरीका परिवारले नस्वीकार गर्दा घटना भएको हो । घटना अघि भएका प्रेमी प्रेमिका विचका फोन सम्बाद, सामाजिक सञ्जाल फेसबुक कुराकानी, घटनाको दिन किशोरीका आमाबुवाले गरेको संवाद, वडाध्यक्ष डम्बर बहादुर मल्ल सँग किशोरीका परिवारले गरेको फोन संवाद लगायतका कुराहरु बारे सिआईवीको प्राविधिक टोलीले अनुसन्धान गर्नेछ ।

यस अघि फोन सम्बाद र सामाजिक सञ्जालमा भएका कुराकानीको अनुसन्धानका लागी सिआईवीको केन्द्रिय कार्यालय काठ्मान्डौ पठाउने गरिएको थियो । घटनाको संवेदनशीलतालाई ध्यान दिएर यस पटक आवश्यक टेक्निकल सामग्री सहित घटना भएको जिल्लामै रहेर काम गर्ने गरि काम थालिएको प्रहरी नायव उपरीक्षक किशोर कुमार श्रेष्ठले बताए । सिआईवीको प्राविधिक टोलीले अनुसन्धानलाई सघाउने छ । यो घटनालाई प्रहरीले गंभिर ढंगले लिएको छ । संघिय प्रहरी ईकाइ कार्यालय कर्णाली प्रदेश प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक पोषराज पोखरेल नेतृत्वमा अनुसन्धान भैरहेको छ ।

कसैको दवाव र प्रभावमा नपरी सत्यतथ्य अनुसन्धानका लागी प्रहरीको केन्द्रिय नेतृत्वले समेत निर्देशन दिईसकेको छ । कर्णाली प्रहरी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त पन्तले घटनास्थलमै पुगेर सत्यतथ्य अनुसन्धानका लागी जाजरकोट र रुकुम प्रहरीलाई निर्देशन दिएर फर्किएका छन् । घटनामा संलग्न भनिएका आरोपितहरुको पोलिग्राफ टेष्ट समेत गरिने भएको छ । पोलिग्राफ टेष्टका लागी पनि एक टोली रुकुममा प्रस्थान गरेको छ । विहिवार देखी आरोपितहरुको पोलिग्राफ टेष्ट गरिने भएको छ । पोलिग्राफले बयानको क्रममा झुटो बोलेको पाईए संकेत दिने र सोही आधारमा अनुसन्धान अघि बढाउन सहयोग मिल्छ । घटनाको सत्यतथ्य छानवीनका लागी सरकार द्धारा गठित उच्च स्तरीय समिती रुकुममै छ । गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको टोलीले सरोकारवाला सँग भेटघाट र अनुसन्धान गरिरहेको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि रुकुममै बसेर घटनाको अनुसन्धान गरिरहेको छ

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार