एम्बुलेन्स चालक संघद्वारा दिप प्रज्वलन र फलफूल वितरण

एम्बुलेन्स चालक संघद्वारा दिप प्रज्वलन र फलफूल वितरण

मुसिकोट । स्थापना दिवसको अवसरमा संयुक्त एम्बुलेन्स चालक संघ नेपाल रुकुम पश्चिमले जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरी दिप प्रज्वलन गरेको छ ।

शुक्रबार सातौँ वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल सल्लेमा उपचाररत ८० जना बिरामीलाई फलफूल वितरण गरिएको संघका जिल्ला अध्यक्ष कृष्णकुमार ददेलले बताउनुभयो । उहाँले अस्पतालमा उपचाररत एक बिरामीलाईरगतसमेत दिइएको जानकारी दिनुभयो । संघले शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको छ ।
संयुक्त एम्बुलेन्स चालक संघले जिल्लामा आपत् विपत्मा परेका बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा, आर्थिक सहयोग लगायतका काम गर्दै आएको अध्यक्ष ददेलले बताउनुभयो। संघ मार्फत जिल्लाका छ वटै पालिकामा गरी २२ वटा एम्बुलेन्स १ एक वटा शव वाहन सेवा सञ्चालनमा छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार