मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ को राडिबजारमा एनएमबि बैंकको शाखा कार्यालय स्थापना भएको छ ।
सोमबार एनएमबि बैंकको २०२औ शाखाको रुपमा आठबिसकोटमा शाखा कार्यालयको उद्घाटन भएको हो । बैंकको आठबिसकोट नगरपालिका प्रमुख रबि केसीले एक कार्यक्रमका बिच औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।
उक्त अवसरमा बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले आजैबाट बैंकिग कारोबार सञ्चालन गर्ने जानकारी दिनुभयो । नेपाल सरकारबाट ‘क’ वर्गको ईजाजत पत्र यस बैंकको आठविसकोट शाखासहित अब २०२ शाखा, १८६ एटीएम सेवा र १० वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको बताईएको छ ।
यस अघि आठबिसकोटमा एक मात्र प्रभु बैँक सञ्चालनमा रहेको थियो ।