मुसिकाेट । प्रेस चौतारी नेपाल रुकुम पश्चिमको अध्यक्षमा परिचन्द्र खत्री निर्विरोध चयन हुनुभएको छ ।
सोमबार मुसिकोटमा भएको चौतारीको सातौ जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो ।
चौतारीको जिल्ला उपाध्यक्षमा ललित परियार र सोमीया मल्ल, सचिवमा हरि बहादुर केसी, सहसचिवमा रीता ओली र टेकराज पौडेल र कोषाध्यक्षमा यत कुमार बोहरा चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा टेकराज पुन, दिपक पाण्डे, विनोद खड्का, यमुना ओली, लक्ष्मण बिक र मनिसा रिजाल चयन हुनुभएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मनिषा केसीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले रुकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, मुसिकोट नगर कमिटी अध्यक्ष गोकर्ण खड्का, पार्टीको प्रचार विभाग प्रमुख जीवन खड्का लगायतको आतिथ्यता रहेको थियो ।