महिलाको सक्रिय सहभागिता समाज परिवर्तनको मुख्य आधार : मन्त्री बुढा

महिलाको सक्रिय सहभागिता समाज परिवर्तनको मुख्य आधार : मन्त्री बुढा

सुर्खेत । खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुमा निर्णायक तहमा महिलाको भूमिका विषयक प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यक्रम मंगलबार खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल केन्द्रीय समितिको आयोजना सुर्खेतमा सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाको प्रमुख आथित्यता एवं महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बुढाले महिलाको सक्रिय सहभागिता समाज परिवर्तनको मुख्य आधार भएको बताउनुभयो । कार्यक्रमले खानेपानी र सरसफाई क्षेत्रको सुदृढिकरणमा महिलाको भूमिका अझ प्रभावकारी बनाउने दिशामा मार्गदर्शन गर्ने उहाँको भनाइ छ । ‘महिलाहरूको सक्रिय सहभागिताबिना खानेपानी तथा सरसफाइ क्षेत्रको दीर्घकालीन सुधार सम्भव छैन,’ उहाँले भन्नुभयो, ‘महिला सहभागिताले मात्र संस्थागत निर्णय प्रक्रियालाई थप समावेशी, पारदर्शी र प्रभावकारी बनाउन सक्छ ।’

कार्यक्रममा महिलाको नेतृत्व, सहभागिता र निर्णायक भूमिकाको महत्वका साथै खानेपानी तथा सरसफाइ सम्बन्धी विभिन्न विषयमा छलफल गरिएको थियो। महासंघका अध्यक्ष राजेन्द्र अर्यालले महिलाको भूमिका संस्थागत र नीतिगत तहमा बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न जिल्लाबाट खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका पदाधिकारी, प्रदेश समिति, पूर्व पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार