सुर्खेत । ‘सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता’ नारासहित सिद्धार्थ होटल सुर्खेतले आफ्नो २७ औं वार्षिकोत्सवका अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा होटलका कर्मचारी, स्थानीय व्यक्ति र बैंकका कर्मचारी लगायतले रक्तदान गरेका थिए ।
त्यस्तै विश्व क्यान्सर दिवसका अवसरमा सिद्धार्थ ग्रुपले क्यान्सर रोकथामको अभियानलाई सघाउने भएको छ ।
क्यान्सर रोकथामलाई मद्दत पुग्ने छिटै योजना सार्वजनिक गर्ने सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले जनाएको छ ।
हस्पिटालिटीका अनुसार २७ औ स्थापना दिवसको अवसरमा ग्राहकलाई खानामा २७ प्रतिशत छुट दिइएको छ ।