रुकुममा एक महिला मृत अवस्थामा फेला

रुकुममा एक महिला मृत अवस्थामा फेला

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाकी एक महिला मृत अवस्थामा फेला परेकीछिन् ।

सानीभेरी गाउँपालिका वडा नम्बर ८ तल्लो आमडाँडा निवासी २१ वर्षीया जमुना रसाईली घर नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान आफ्नो घर देखि नजिकैको स्याला भन्ने जङ्गलमा जमुना झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

अहिले घटनास्थलमा प्रहरी चौकी सिम्लीबाट प्रहरी टोली पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जमुना अनलाइन गिफ्टको नाममा हुने ठगीमा पर्नु भएको थियो । केही दिन अघि उहाँलाई महङ्गो चिठ्ठा परेको म्यासेज गरेर उहाँसँग रकम बार्गेनिङ गरेको र सोही क्रममा जमुनाले करिब ३ लाख रुपैयाँ जम्मा गरिदिएको परिवारजनले बताएका छन् ।

जमुनाले केहि दिनअघि मात्रै आफूसँग भएको रकम, गरगहना बेचेर करिब ३ लाख रकम अपरिचित व्यक्तिको बैंकिङ खातामा हालिदिएको बताईएको छ ।

त्यसपछि जमुनालाई ब्लक गरेको र उक्त कुरा परिवारले थाह पाएपछि जमुना बिहीबार दिउँसोबाट सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् ।

अनलाइन ह्याकरले ३ लाख जम्मा गरेपछि मात्रै लाखौं मूल्य बराबरको गिफ्ट पठाउन मिल्ने प्रलोभन दिएको बुझिएको छ ।

जमुनाका श्रीमान रोजगारीको लागि भारतमा रहनु भएको बताइएको छ । उहाँको घरमा एक छोरा, सासु, ससुरा र देवर हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार