रुकुमेली क्याम्पस : स्ववियु निर्वाचन स्थगित

रुकुमेली क्याम्पस : स्ववियु निर्वाचन स्थगित

मुसिकोट ।  रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मा रहेको रुकुमेली क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

सोमबार निर्वाचन समितिको कार्यालयले एक सूचना जारी गर्दै भोली चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएको जनाएको हो ।

निर्वाचन अधिकृत शिवराम खत्रीका अनुसार चैत २० गते सम्मका लागि निर्वाचन स्थगित गरिएको हो ।

स्ववियु निर्वाचनको विषयलाई लिएर आईतबार बेलुका ५ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका थिए । अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेरास्ववियु समाजवादी, अखिल क्रान्तिकारी बहुमत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले संयुक्त रूपमा फागुन २८ गते विभिन्न माग राख्दै क्याम्पस स्ववियु निर्वाचन समितिमा ज्ञापन पत्र बुझाएको र माग पुरा नभएपछि तालाबन्दी गरिएको जनाएका थिए ।

फर्जि विद्यार्थी भर्ना गरी मतदाता नामावली प्रकाशन गरिएको र फर्जि विद्यार्थीबाटै उम्मेदवार बनाइएको भन्दै यसलाई रोक्न पाँच संगठनको माग रहेको थियो ।

त्यसैगरी आईतबार दिउँसो नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तत्काल ताला खोलेर निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको थियो । मौन अवधिमा क्याम्पसमा तालाबन्दी भएकोले ताला खोलेर तत्कालै निर्वाचन प्रक्रिया अनुसार अघि बढ्न र तोकिएकै समयमा स्ववियु निर्वाचन गर्न नेविसंघ रुकुमेली क्याम्पस इकाई समितिले माग गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार