काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति सिफारिसका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल सदस्य रहेका छन्।
हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ गते सकिँदैछ। उनको कार्यकाल सकिनै लागेसँगै नयाँ गभर्नर नियुक्तिको तयारीस्वरूप सरकारले सिफारिस समिति गठन गरेको हो।