सुर्खेत । रुकुम पश्चिमकाे आठविसकाेट नगरपालिकामा नेकपा (माओवादी केन्द्र) छाेडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
बुधबार बिहान पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री राजीबविक्रम शाहले स्वागत गर्नु भएको हाे ।
प्रवेश गर्नेहरुमा आठबिसकोट नगरपालिका वडा नम्बर ५ का अमृत बस्नेत साेहि वडाका चंखराज बस्नेत र दरिमान बस्नेत रहेका छन । उनिहरुलाई मन्त्री शाहीले टीका र खादा लगाएर स्वागत गर्नु भएको हाे ।
प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस आठबिसकोट नगर कार्यसमिति सहसचिव प्रताप शाही लगाएत अन्य पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।