सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले ‘वार्षिक क्यालेण्डर-२०८२’ प्रकाशन गरेको छ। बिहिवार महासंघको प्रदेश समिति कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त क्यालेण्डरको विमोचन गरिएको हो।
कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले अध्यक्षता गर्नुभएको थियो भने महासचिव खगेन्द्र भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। विमोचन समारोहमा महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, सल्लाहकार देवीराम देवकोटा, प्रेस चौतारी कर्णाली प्रदेशका पूर्व अध्यक्ष प्रकाश अधिकारी, प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुबन बिसी, पत्रकार महासंघ सुर्खेतका कार्यवाहक अध्यक्ष सुशील खड्कालगायत कर्णाली प्रदेशमा क्रियाशील पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
क्यालेण्डर प्रकाशन समितिकम सयाेज लक्ष्मण केसी तथा सदस्यहरू विस्न प्रसाद न्यौपाने र ईश्वर अधिकारी रहनु भएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले क्यालेण्डर प्रकाशनले पत्रकार महासंघको गतिविधि र सामाजिक उत्तरदायित्वलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले क्यालेण्डरलाई कर्णालीका दशवटै जिल्ला शाखाहरू र विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूलाई निःशुल्क वितरण गरिने जानकारी दिनुभयो।
पत्रकार महासंघ कर्णाली प्रदेश समितिले प्रत्येक वर्ष क्यालेण्डर प्रकाशन गर्दै आएको छ ।