निजामती कर्मचारी संगठनको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

निजामती कर्मचारी संगठनको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

मुसिकोट । नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमले जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

आईतबार संगठनको ३५औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पतलामा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

संगठनका जिल्ला धनविर केसीका अनुसार जिल्ला अस्पतालमा भर्नाका २१ जना बिरामिहरु र बुद्दभुमी मानव सेवा आश्रममा बस्दै आएका ५ जनालाई फलफूल वितरण गरिएको हो ।

फलफूल वितरण कार्यक्रमको सुरुवातमा संगठनका जिल्ला अध्यक्ष केसीले संगठनको स्थापना, उदेश्य र संगठनले ३५ बर्षसम्मको अवधीमा गरेका क्रियाकलाप तथा उपलब्धिको बारेमा बताउँदै नयाँ बर्ष २०८२ को शुभकामना तथा बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

फलफूल वितरण कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, एमाले कर्णाली प्रदेश कमिटि सदस्य कर्णबहादुर ओली, मुसिकोट नगरकमिटी अध्यक्ष गोर्कण खडका, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्यहरु पुष्पराज ओली, मनोज केसी, स्वास्थ्य प्राविधिक संघका केन्द्रीय सदस्य डेविड रावल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका जिल्ला अध्यक्ष चन्द्रकुमार मल्ल लगायतको उपस्थिति रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार