शनिबार ३२३ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार ३२३ जनामा कोरोना संक्रमण पुष्टि

जेठ २४ काठमाडौ
आज देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना भाइरस रोग (कोभिड १९0 को पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित थपिएको जानकारी दिनुभयो ।

जसमा ३ सय २३ जना पुरुष रहेका छन भने ३७ जना महिना रहेका छन । यो संगै संक्रमितको संख्या  ३२३५  पुगेको छ । यस्तै शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको छन ।

योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु पुष्टि भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार