जेठ २७ काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा प्रतिनिधि सभाका सासद छविलाल विश्वकर्माले रुपन्देहीको तिलोत्तमा-१० मैनहियामा सोमबार राति भएको ५ जनाको हत्याको घटनाको छानबिन गर्न गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘यो हत्याको निष्पक्ष छानबिन होस् । अपराधीलाई हदैसम्मको दण्डित गर्ने व्यवस्था होस् । छानबिनको प्रक्रियालाई तत्काल तीब्रताका साथ अगाडि बढाउन माग गर्दछु ।’
सांसद विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । सोमबार राति रुपन्देहीको तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा ५ जना श्रमिकको हत्या भएको थियो । स्थानीय श्रमिकको हत्याको घटनाले आफू मर्माहत भएको सांसद विश्वकर्माले बताए ।