पत्रकार दाहाललाई यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने

पत्रकार दाहाललाई यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने

काठमाडौ । यदु स्मृति पत्रकारिता २०८२ को पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिने भएको छ ।

पुरस्कार सिफारिस समितिको बैठकले नेपाल टेलिभिजनका कार्यक्रम निर्माता दाहाललाई २४औं यदुस्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको सिफारिस समितिका सदस्य सचिव रुद्र खड्काले जानकारी दिनुभयो ।

पत्रकारिताको माध्यमबाट हत्या, हिंसा, आतंकविरुद्ध कलम चलाई समाजमा शान्ति, सद्भाव र समृद्धिका लागि पु¥याएको योगदानको कदर गर्दै दाहाललाई पुरस्कृत गर्ने निर्णय गरिएको खड्काले बताउनुभयो । दुई दशकदेखि पत्रकारिता गरिरहेका दाहाल २०६२/०६३ को जनआन्दोलनका घाइते समेत हुनुहुन्छ ।

यदुस्मृति प्रतिष्ठानले हरेक बर्ष पत्रकारिताको माध्यमबाट हत्या, हिंसा, आतंक विरुद्ध कलम चलाई समाजमा शान्ति, सद्भाव र समृद्धिका लागि योगदान गर्ने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

लेखक, साहित्यकार तथा राजनीतिकर्मी यदु गौतमलाई द्वन्द्वकालीन समयमा तत्कालीन माओवादीका कार्यकर्ताले हत्या गरेपछि निरन्तर रूपमा शान्ति स्थापनाको पक्षमा कलम चलाउने पत्रकारलाई यदुस्मृति प्रतिष्ठानले पुरस्कृत गर्ने गर्छ ।

पुरस्कार यही बैशाख १५ गते विशेष समारोहको बीच प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । सिफारिस समितिको निर्णय अनुसार प्रतिष्ठानले पत्रकारलाई सम्मान गर्ने गर्छ । पुरस्कारको राशी २५ हजार रूपैयाँ रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार