काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म ९९.१ प्रतिशत जनसंख्यामा विद्युत्काे पहुँच पुगेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुनसम्म ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको हो । अर्थमन्त्री वाग्लेले यस अवधिमा कुल जडित विद्युत् क्षमता ४ हजार १०५ मेगावाट पुगेको बताए ।
२०८१/८२ को आर्थिक सर्वेक्षणसम्म ९९ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको थियो । जुन पछिल्लो १ वर्षका १ प्रतिशत विद्युत् पहुँच विस्तार भएको देखिएको छ ।

