रास्वपाका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

रास्वपाका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा शपथ ग्रहण गरेका छन्।

पार्टीका सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराउँदै प्रमाणपत्र र घण्टीजडित मायाको चिनो प्रदान गरे।

चितवनको भरतपुरमा असार ७ देखि १२ गतेसम्म सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सोही महाधिवेशनबाट सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भएका हुन्।

शपथ ग्रहण कार्यक्रमपछि आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ। बैठकमा केन्द्रीय समितिमा मनोनयन गरिने ५१ जना सदस्यको विषयमा छलफल हुने पार्टीले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार