कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित

कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

शुक्रबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको बिसौँ  बैठकले बजेट सर्वसम्मतिले पारित गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री राजविक्रम शाहले गत असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

यसमध्ये चालु खर्चतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार रुपैयाँ (२४.३१ प्रतिशत) र पुँजीगत खर्चतर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ (५५.३१ प्रतिशत) विनियोजन गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार