कैदीबन्दीहरुको निःशुल्क स्वास्थ्य बीमा

कैदीबन्दीहरुको निःशुल्क स्वास्थ्य बीमा

मुसिकोट । कारागार कार्यालय रुकुम पश्चिममा रहेका कैदीबन्दीहरुको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । कारागारमा रहेका मध्य १५ जना कैदीबन्दीहरुको स्वास्थ्य बीमा गरिएको हो ।

कार्यालयका निमित्त कारागार प्रशासक अकबिर घर्तीका अनुसार १० जना पुरुष र पाँच जना महिला गरेर १५ जना कैदीबन्दीको स्वास्थ्य बीमा गरिएको हो । उहाँले कारागार व्यवस्थापन विभागको निर्णय अनुसार स्वास्थ्य बीमा गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य बीमाका लागि विभागबाटै रकम प्राप्त भएको थियो । प्रति व्यक्ति तीन हजार पाँच सयका दरले ५२ हजार पाँच सय रुपियाँमा उहाँहरुको स्वास्थ्य बीमा गरिएको कार्यालयले जनाएको छ ।

निमित्त कारागार प्रशासक घर्तीले कारागारमा थुना तथा कैदमा रहेका दीर्घ रोगी, बारम्बार अस्पताल लिनुपर्ने बिरामी, ५० वर्ष भन्दा माथि उमेरका र महिला कैदीबन्दीहरुको प्राथमिकताको आधारमा १५ जनाको स्वास्थ्य बीमा गरिएको मूलपाटीलाई जानकारी दिनुभयो ।

हाल कारागार कार्यालय रुकुममा १२२ जना कैदीबन्दीहरु रहेका छन् । ११७ जना पुरुष र पाँच जना महिला कैदिबन्दी रहेकोमा कारागार विभागले गरेको व्यवस्थाको आधारमा हाल १५ जनाको बीमा गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार