मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३, गोठखोलाका बलविर रोका नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
आज आयोजित एक कार्यक्रममा नेपाली काँग्रेस रुकुम पश्चिमका कोषाध्यक्ष मोहविर खड्का तथा क्षेत्रीय सभापति एवं मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले खादा तथा माला लगाएर उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
रोका यसअघि नेकपा (एमाले), त्यसपछि समाजवादी पार्टी हुँदै पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध रहेका थिए ।
कार्यक्रममा मुसिकोट नगर सभापति प्रेम ओली, मुसिकोट नगरपालिका–१ का वडा अध्यक्ष ज्ञानु चन्द ठकुरी, वडा नं. २ का अध्यक्ष दिनेश खड्का, वडा नं. ३ का अध्यक्ष दशरथ केसी, वडा नं. ५ का अध्यक्ष समिरजंग मल्ल, वडा नं. १४ का अध्यक्ष गोवर्धन ओलीलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।


