यसरी राखिएको थियो सिंहदरबारको नाम

यसरी राखिएको थियो सिंहदरबारको नाम

काठमाडौँ । रास्वपा सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने बताएपछि अहिलेको शासनसत्ताको केन्द्र बनेको सिंहदरबारको इतिहास फेरि चर्चामा आएको छ । ढकालले आइतबार एक कार्यक्रममार्फत यस्तो धारणा राखे पनि सिंहदरबार कुनै सामान्य सरकारी भवनको नाम होइन, राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निवासका रूपमा निर्माण गराएको १ सय २२ वर्ष पुरानो दरबार हो ।

चन्द्रशमशेरले विसं १९६० मा सिंहदरबारको निर्माण सुरु गराएका थिए । करिब ३५० रोपनी जग्गा किनेर निर्माण थालिएको यो दरबार करिब ११ महिनामै तयार भएको थियो । यसको नक्सा नेपाली इन्जिनियर कर्णेल कुमार नरसिंह र भारतीय इन्जिनियर जोगेन्द्रबाबुले तयार गरेका थिए । दरबार निर्माणमा नेपाली सैनिक र लामो सजाय पाएका कैदीहरूलाई समेत काममा लगाइएको थियो । चन्द्रशमशेरले व्यक्तिगत रूपमा करिब २५ लाख रुपैयाँ खर्च गरेको उल्लेख पाइन्छ ।

सिंहदरबारमा करिब १ हजार ७ सय कोठा र विभिन्न चोक थिए । यसको वास्तुकलामा नियोक्लासिकल शैलीको प्रभाव थियो । बाहिरी संरचनामा पश्चिमा शैली झल्किए पनि निर्माणमा आधुनिक सिमेन्ट प्रयोग गरिएको थिएन । बज्र, चाकु, मासको दाललगायत सामग्री प्रयोग गरेर गारो बनाइएको उल्लेख छ ।

सिंहदरबार नाम कसरी रह्यो त ?
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार