मुसिकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण, सरसफाई र निवन्ध प्रतियोगिता सञ्चालन गरेको छ ।
दिवसको अवसरमा बुधबार मुसीकोट नगरपालिका ३ मा वृक्षारोपण, आठबिसकोटमा बजार सरसफाई र जिल्ला सदरमुकामस्थित पार्टी कार्यालयमा निबन्ध प्रतियोगिता आयोजना गरिएको छ ।
रास्वपाका जिल्ला सभापति द्रोण खड्काका अनुसार मुसीकोट नगरपालिका वडा नम्बरको ३ स्थित सामुदायिक वन क्षेत्रमा वृक्षारोपण सम्पन्न गरिएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा वृक्षारोपण गरिएको हो ।
सभापति खड्काले १० वटा धुपी, १० वटा चिउरी, १० वटा मयुरपंखी र अन्य १० वटा गरी ४० वटा बिरुवा रोपिएको जानकारी दिनुभयो । वन संरक्षण र प्राकृतिक सौन्दर्यताका लागि वृक्षारोपण गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी आठबिसकोट नगरपालिकाको राडी बजारमा सरसरफाई गरिएको छ । पार्टीको नगर समितिको अगुवाईमा सरसफाई अभियान सम्पन्न गरिएको हो । युवाहरुको सक्रियतामा बजार क्षेत्र सरसफाई गरिएको हो ।
त्यसगैरी दिवसकै अवसरमा निवन्ध प्रतियोगिता आयोजना गरिएको सभापति खड्काले जनाउनुभयो ।

