सादनचौरमा जिल्लाकै ठूलो क्षमताको पेट्रोल पम्प सञ्चालनमा

सादनचौरमा जिल्लाकै ठूलो क्षमताको पेट्रोल पम्प सञ्चालनमा

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३, सादनचौरमा जिल्लाकै ठूलो क्षमताको ‘सौभाग्य आयल स्टोर’ सञ्चालनमा ल्याइएको छ । मध्यपहाडी लोकमार्गमा चल्ने सवारी साधनलाई लक्षित गरी आजदेखि आयल स्टोर सञ्चालनमा आएको हो ।

नेपाल आयल निगमको आधिकारिक विक्रेताका रूपमा सञ्चालनमा आएको स्टोरबाट पेट्रोल र डिजेल बिक्री वितरण गरिने सञ्चालक यामप्रसाद डाँगीले जानकारी दिनुभयो ।

करिब चार करोड रुपैयाँको लगानीमा स्थापना गरिएको सौभाग्य आयल स्टोरमा एकपटकमा १२ हजार लिटर पेट्रोल र २४ हजार लिटर डिजेल भण्डारण गर्न सकिने क्षमता रहेको सञ्चालक डाँगीले बताउनुभयो । उहाँका अनुसार यो रुकुम पश्चिम जिल्लामै ठूलो क्षमताको आयल स्टोर हो ।

सोमबार एक कार्यक्रमका बिच आयल स्टोरको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार